गीत

0 0
Read Time:48 Second
सपनीमा देखें प्रिय तिमीलाई आज 
मुस्काइरहेकी बाटिकाको कोमल फूल माझ
नजिकिएर भेट्न खोज्दा टाढा पो भयौ
थाहा भएन अनि प्रिय तिमी कहाँ गयौ

झस्किएर ब्यूँझिएछु किन हो कुन्नि
खोज्न थालेछु तिमीलाई यहीं छौ कि भनी
देखेछु अन्धकार सुनसान त्यो रातमा
छामी हेर्दा आँखा पानी पो छ हातमा

छातीभित्र कता कता सम्झना बल्झिएछ
सपनाको त्यो क्षण मुटु भित्रै अल्झिएछ
आँखा चिम्लि बसें तिमी आँखा भित्रै रहिछौ
आँखा खोली हेर्दा तिमी शून्यमै विलिन भइछौ
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
Author: Sunil Karki

Average Rating

5 Star
0%
4 Star
0%
3 Star
0%
2 Star
0%
1 Star
0%

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ